फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखरामा
पाेखरा | माघ ९, २०७९
पोखरा: फोर्स मोटर्सको आधिकारीक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि ले सोमबारबाट पोखराको चाउथेमा अत्याधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।
सो सर्भिस सेन्टरको एक समारोहबीच नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रब बहादुर थापा, फोर्स मोटर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।
फोर्स मोटर्सले आफ्ना ग्राहकलाई गाडी बिक्री गरेपछिको सहि र सहज किसिमको सेवा दिनको लागि सर्भिस सेन्टर संचालनमा ल्याएको कार्यक्रममा जानकारी दिईएको छ ।
गाडी बिक्री पछिको आधुनिक सेवा तथा पार्टपूर्जाहरुको सेवा दिने उदेश्यले अन्तराष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा संचालनमा ल्याएको अध्यक्ष थापाले बताए ।
फोर्स मोटर्सको चाउथेमा सोरुम पनि यसअघिबाटै संचालनमा रहेको छ । फोर्सका ग्राहकले सर्भिस सेन्टरमा अत्याधुनिक सेवा सुविधाका साथ गाडीको मर्मत गर्ने र पार्टपूर्जा फेर्नका लागि अब कुनै कठिनाई नभएको थापाले जानकारी दिए ।
सर्भिस सेन्टर करिब ७ रोपनी जग्गामा फैलिएको छ । सेन्टरबाट ग्राहकले गाडीको स्पेयर्स तथा सर्भिस सेन्टर एउटै स्थानबाट छिटो छरितो आधुनिक सेवा दिईने आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का प्रबन्ध निर्देशक निरन के.शी ले जानकारी दिए ।
बितेका ८ वर्षदेखि आयम इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल फोर्स ब्राण्डका गाडीहरु आयात र बिक्री बितरण गर्दै आएको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जिपको बिक्री वितरण गर्दै आएको छ ।
यस्तै कम्पनीले पिकअप भ्यान, स्कुल बस, माईक्रो बस तथा उच्चस्तरको एम्बुलेन्स बिक्री गर्दै आएको छ ।
कम्पनीका काठमाडौंको गैरीधारा तथा इटहरीमा आफनै शाखा रहेका छन् । यसका देशभर २२ वटा डिलर नेटवर्कबाट फोर्सका गाडीहरु बिक्री र बिक्री पछिको सेवा दिईदै आएको सो अबसरमा जानकारी दिईयो ।
आयाम कन्टिनेन्टलले फोर्स मोटर्सका नयाँ मोडलका बस र जीपहरु छिटै नेपाली बजारमा ल्याउन लागेको जानकारी दिएको छ । केहि समयअघि गुर्खा जिप नेपाली बजारमा ल्याईएको थियो ।
कार्यक्रममा नेपाल युवा यद्यमी मञ्चका अध्यक्ष शुयस मल्ल, स्थानय यातायातका प्रदेश संयोजक केदार पौडेल, नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष मोहनबाबु खड्का, फोर्सका अन्तराष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक, पश्चिमाञ्ल अटोमोबाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष कृष्णप्रसाल श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्दै बिक्री मात्रै नभई बिक्री पछिको समयमा पति ग्राहकका लागि सबै सुविधा एकै ठाउँबाट दिनेगरी सर्भिस सेन्टर संचालनमा ल्याउनु महत्वपूर्ण कार्य भएको बताए ।
मिलन केशीले संचालन गरेको कार्यक्रमको अध्यक्षता नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालयन अर्गनाइजेशनका अध्यक्ष धु्रब बहादुर थापाले गरेका थिए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

